Logo

काठमाडौंमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनस्र्थापना कार्य सुरु



काठमाडौं, १६ फागुन । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयरले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापनाको काम गर्न आज संयुक्त रुपमा भूमि पूजन कार्यक्रमको शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्य, काठमाडौंका उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्र बहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंह, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव गोपाल प्रसाद अर्याल, पुरातत्व विभागका प्रमुख कार्यकारी राम बहादुर कुँवर, हनुमान ढोका संग्रहालयका प्रमुख कार्यकारी सन्दीप खनाल, सेतो मच्छिन्द्रनाथ मन्दिरको उपभोक्ता समितिका सदस्य एवम् स्थानीय सदस्यको सहभागीता थियो । भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको नेरु. ५.८ अर्ब आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदा मध्ये यो पहिलो परियोजना हो । यी सबै २८ साँस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । सन् २०१७ अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माण हेतु नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनस्र्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरुको पहिचान गरिरहेको छ । केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो ।’

२०७२ सालको भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनस्र्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिकाअनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापना हुनेछ । यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिनेछ । मन्दिरको साज सज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पु¥याइनेछ । यसका परम्परागत पोलिक्रोम कलाको संरक्षण तथा सम्बद्र्घन गरिनेछ । नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनस्थर्नपना कार्यमा क्ष्लमष्बल ल्बतष्यलब ित्चगकत ायच ब्चत बलम ऋगतिगचब िज्भचष्तबनभ (क्ष्ल्त्ब्ऋज्) ले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

दूतावासले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘२०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाइ दुवै हिन्दू र बौद्घ धर्मावलम्बीहरुले उही आस्थाका साथ पूजा गर्छन् । यी जीवित साँस्कृतिक सम्पदाहरुको परम्परागत गौरव गाथालाई संरक्षण गर्न यी क्षेत्रहरुको संरक्षण एवम् पुनर्निर्माणमा नेपाल सरकारसँग आबद्घ हुन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित छ ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्