Logo

दाहाल-नेपालको देउवासँगको भेटबारे ओलीले भनेः प्रभु प्रधानमन्त्री स्वीकार्नुपर्यो ! भनेर निवेदन हाले



काठमाडौं, १६ फाग्न । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन दौडधुप चलिरहेको भन्दै चुनौती दिएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी प्रधानमन्त्री बनिदिन प्रस्ताव गरेको समेत टिप्पणी गरेका छन् ।

गृह जिल्ला झापामा औद्योगिक क्षेत्र शिलान्यासपछि आज सम्बोधन गर्दै भने, ‘प्रतिनिधि सभा पुनःस्थापना भयो ठिक भयो । चितवनबाट छाडेर काठमाडौं, काठमाडौंबाट बुढानिलकण्ठ गए । निवेदन हाले । प्रभुले प्रधानमन्त्री स्वीकानुपर्यो !’

११ फागुनमा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठ पुगेर काँग्रेस सभापति देउवालाई भेटेका थिए । उनीहरुले देउवासँग सत्ता समिकरणको प्रस्ताव गरेका थिए ।

त्यसपछि पनि दाहाल नेपालले अन्य दलहरुसँग सत्ता समिकरणबारे छलफल गरेकोमा व्यङ्ग्य गरे । ‘तपाईंहरुको पार्टी कुन हो भनेर सोधेछन्,’ उनले भने, ‘नन्दी भृंगी भेला गरेर केपी ओलीलाई हटाउन खोजे ।’

ओलीले आफूलाई हटाउन अविश्वासको प्रस्ताव ल्याउन चुनौती समेत दिए । उनले सभामा उपस्थितलाई भने, ‘लड्डु खानेहरुलाई भन्न चाहन्छु मुद्दा जिताएर कसैले बनाइदिएको छैन । तपाईंहरुले बनाइदिएको हो ।’-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्