Logo

कम्युनिस्ट र राजाबादीहरुको गठजोड गणतन्त्र मास्ने षडयन्त्र हो : महामन्त्री तिमल्सिना



झापा, १६ फागुन । झापाको कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा फागुन १३ र १४ १र१ दिने नेतृत्व विकास, क्षमता बिकास र ने।बि।संघको ऐतिहासिक पृष्ठभुमि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ कचनकवल गाउँ कार्य समिति र भद्रपुर नगर समितिको आयोजनामा १३ गते कचनकवल र १४ गते भद्रपुर, चन्द्रगढिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल विद्यार्थी संघ केन्द्रिय महामन्त्री बलदेव तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ दिनमा ५ सय भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले नेपाली काङ्ग्रेसको नेतृत्वमा प्राप्त उपल्ब्धी मास्न र देशलाइ प्रतिगमन तर्फ धकेल्ने बाटोमा परिबर्तन बिरोधी शक्तीहरु सक्रिय रहेको आरोप लगाए । नेपालमा गणतन्त्र ,शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गर्नुहुने काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका बिरुद्ध झापाको निर्बाचनमा कम्युनिस्ट र राजाबादिहरुको एकता बाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमाथिको नियोजित आक्रमणको शुरूवात भएको महामन्त्री तिमल्सिनाले बताए ।

संघका महामन्त्री तिमल्सिनाले नेपालमा कम्युनिस्ट र राजाबादी हरुले जित्नु भनेको हाम्रो सम्बिधान,गणतन्त्र,संघीयता,समाबेशि लोकतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियता कमजोर हुने भन्दै त्यस विरुद्ध बलियो नेबिसंघ र काङ्ग्रेस निर्माणमा झापामा सशक्त बन्न युवा विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेबिसंघ उपाध्यक्ष तुलसा पन्त,प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य ओम प्रकाश सरावगी, झापा क्षेत्र नम्बर ३ का सभापति गणेश बिमलीलगायत जिल्लाका नेताहरू, नेपाल विद्यार्थी संघका अध्यक्ष राजेन्द्र उप्रेती लगायत नेताहरू सहभागिता रहेको जिल्ला सचिब नारायण नेपालले बताए ।



प्रतिक्रिया दिनुहोस्