Logo

नेकपाको कानुनी विभाजन रोक्न अर्को सुत्रः ओलीलाई प्रधानमन्त्रीमै राखेर एकताको महाधिवेशन



काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजन रोक्ने प्रयासहरु अझै चलिरहेको छ । विभिन्न सम्भावनाहरुसहित केही नेताहरु विभाजित दुवै समूहसँग एकताको सूत्र तयार गर्न सक्रिय भएको छ ।

नेकपा उपाध्यक्ष बामदेव गौतम दुवै पक्षका शिर्ष नेताहरुसँग भेटेर एकताको सूत्र तयार गर्न लागेका छन् । उनले गत हप्ता नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटेका थिए । उनले विभिन्न विकल्पबारे छलफल गरेका थिए ।

गौतमले ओलीलाई राजीनामा दिन तयार भएमा सम्मानित तरिकाले व्यवस्थापन गर्ने प्रस्ताव गरेका थिए । तर, ओली त्यसमा असहमत भएका थिए ।

दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने तर पदबाट नहट्ने अडान लिएपछि नयाँ विकल्पबारे छलफल बढाइएको छ । जसमा ओलीलाई तीन महिना सत्तामै रहन दिने र एकताको महाधिवेशन गर्ने प्रस्ताव तयार भएको छ । तर, यसमा सहमति हुने सम्भावना कम छ । ओलीलाई हटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिरहेका छन् । उनीहरुले एकताको सम्भावना नभएको स्पष्ट पारेका छन् ।

एकताको महाधिवेशनपछि प्रचण्डलाई अगाडि बढाउने र तत्काललाई माधवकुमार नेपालको पनि व्यवस्थापनको विषय समेत समावेश छ । राजनीतिक लेनदेनबाट भएपनि नेकपा एकता बचाउने तयारी भइरहेको छ । यसका लागि बामदेवको समूह भेटघाटमा लागेको छ ।

एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री

नेकपा विभाजन हुन नदिन गौतम सक्रिय छन् । उनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग अनौपचारिक संवाद गर्दै आएका छन् । कुनै हालतमा नेकपा फुट्न नदिने गौतमको अभियान रहेको छ । त्यसका लागि राजनीतिक लेनदेनमार्फत् नेताहरुलाई सहमतिमा ल्याउन सुत्रहरुसहित भेटवार्ता गर्दै आएका छन् ।

कुन आत्मविश्वासले ओलीले संसदको सामना गर्छु भने

प्रचण्ड र माधव नेपाल पार्टी एकता नगर्ने पक्षमा



प्रतिक्रिया दिनुहोस्