Logo

जनगणना कार्यमा महिलाको आकर्षण बढी



काठमाडौं, फागुन १७ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक पदमा गरेको विज्ञापनमा महिलाको आवेदन बढी परेको छ ।
विभागले गत माघ ११ गते ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करार सेवामा लिन विज्ञान गरेको थियो ।

दुवै पदमा पुरुषको तुलनामा महिलाको आकर्षण बढी देखिएको छ । आगामी चैत ११ गतेसम्ममा आवेदन दिन सकिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
आइतबारसम्ममा ८४ हजार २८० जना आवेदकले अनलाइन माध्यमबाट दिएको आवेदनमा महिला ४६ हजार ३२४, पुरुष ३७ हजार ९०२ जना र तेस्रो लिङ्गी ५४ जनाले आवेदन दिएका छन् । त्यस क्रममा २९ हजार २३२ जनाले दिएको आवेदनको रुजु गर्न बाँकी छ ।

उक्त सङ्ख्यामध्ये गणक पदमा महिला ३४ हजार ८१८ र पुरुष २७ हजार १०५ जना र सुपरिवेक्षक पदमा महिला तीन हजार १५४ र पुरुष तीन हजार ७९२ जनाले आवेदन दिएका छन् । गणक र सुपरिवेक्षक दुवै पदमा आवेदन दिनेमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । दुवै पदमा आवेदन दिने महिला आठ हजार ३५२ र पुरुष सात हजार पाँच जना छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot