Logo

अदालतप्रति सबैले सम्मान गरेको पाइन्छः प्रचण्ड



काठमाडौं, फागुन १७ । नेकपाको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको कार्यकारिणी पदमा रहेकाले न्यायालयमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने उल्लेख गरेका छन् ।

उनले आइतबार सर्वोच्च अदालतमा परेको अवहेलनाको मुद्दाको प्रतिवाद गर्न त्यहाँ पुग्दै पेस गरेको लिखित जवाफमा कार्यकारिणीमा रहेको व्यक्तिले न्यायालयमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने उल्लेख गरेका हुन् ।

लिखित जवाफमा उल्लेख गरिएको छ– ‘अदालत र न्यायाधीशउपर लाञ्छना लगाउने, धम्की दिने, न्याय दिने काममा बाधा गर्ने, न्यायिक फैसला उल्लंघन गर्ने विषय मात्र अदालतको अवहेलना हुनेछ ।’

प्रचण्डले गत माघ ९ गतेको सार्वजनिक कार्यक्रममा आफूले कार्यकारिणी पदमा रहेका व्यक्तिले संविधान उल्लंघन गरेको कार्यलाई स्पष्ट पार्न खोजेको विषयलाई अवहेलना हुने भनी अदालतमा मुद्दा चलाइएको उल्लेख गर्दै सो विषय आफूलाई लागू नहुने लिखित जवाफमा जनाइएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्