Logo

कालिका दर्शन वर्ष २०८०’ अभियान शुरु



बाग्लुङ, १७ फागुन । बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान शुरु गरेको छ । उक्त अभियान सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई बाहिर ल्याउन थालेको छ । मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा अन्तक्र्रिया तथा बहस कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रमपछि कालिका दर्र्शन वर्षको अभियान शुरु भएको कालिका मन्दिरले जनाएको छ । अन्तक्र्रिया कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले कालिका मन्दिरको महत्व निकै फरक तथा ऐतिहासिक रहे पनि यसलाई नयाँ पुस्तामा जानकारी दिन नसकिएको भन्दै कालिका दर्शन वर्ष सफल बनाउन शुरु भएको अभियानले सहज बनाउने बताए ।

उनले नेपालमात्रै नभई विश्वका धार्मिक पर्यटकको आर्कषण केन्द्रका रूपमा कालिका मन्दिरलाई चिनाउन सकिने बताए। धार्मिक महत्व बोकेको पवित्र कालिगण्डकी नदीसँग कालिका मन्दिरको सामिप्यता रहेको भन्दै कालिका मन्दिरको प्रचारप्रसारमा अझै कमी आएकाले यसकोे महत्वलाई सबै सामु पुर्याउनुपर्ने उनको जोड थियो । “कालिगण्डकीको शक्तिपीठ भनेकै कालिका मन्दिर हो”, गुरुङले भने, “ऐतिहासिक सम्पदा बुझाउन नसक्नु हाम्रो कमजोरी हो, कालिका मन्दिरको महत्व अन्य शक्तिपीठभन्दा अझै बढी छ ।” रासस



प्रतिक्रिया दिनुहोस्