Logo

बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा एक पक्राउ



कास्की, १७ फागुन । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका-६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापा पक्राउ परेका हुन् ।

कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निस्शुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिई ल्याएका बालबालिकाहरुलाई थापाले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

ईन्द्र उपर बालबालिका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाइएको तथा बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखी उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्