Logo

सिएसआर कोषको ५ प्रतिशत रकम बैंकहरुले विद्युतीय कारोबार प्रबद्र्वनमा खर्च गर्नुपर्ने



काठमाडौं, १७ फागुन । अबदेखि बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५ प्रतिशत रकम विद्युतिय कारोबार प्रवद्र्वनको लागि खर्च गर्नुपर्ने नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । आइतबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई एकिकृत निर्देशन जारी गरेको हो ।

बैंकले जारी गरेको यो नियम अनुसार बैंक तथा वित्तीय संस्थाहरुले मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने हुन्छ । बैैकहरुले विभिन्न क्षेत्रमा यस्ता रकम खर्च गर्दै आएका थिए । सोही कोषमा रहेको रकमलाई विद्युतिय कारोबारको प्रवद्र्वनमा खर्च गर्नैै पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।



प्रतिक्रिया दिनुहोस्