Logo

‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली (भिडिओसहति)



काठमाडौं, १९ फागुन । प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि यतिवेला सम्पूर्ण रुपले प्रहार भएको भन्दै शारीरिक हमला नै भयो र भोलि ज्यान तलमाथि भयो भनेपनि अनौठो नमान्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो गम्भीर कुरा गरेका हुन् ।

प्रधानमन्त्री ओलीको टिप्पणी : अपराधी तत्वहरुको सामना गरिरहनुपरेको छ 

प्रधानमन्त्री ओलीको चेतावनी : मैले बनाएको केन्द्रीय कमिटी हो, जरुरी पर्दा.. 

अब प्रधानमन्त्रीको खोजी कत्रो भैरहेको छ ?, कोही गीत गाउँछन् दिए खान्थें मायाको दाहिने हातैले : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री ओलीको दाबी : हामीले जितेका छौं, जित्दै जानेछौं

सम्बोधनको क्रममा उनले भने,‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला । म रहिनँ भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्व र तीनका मतियाहरुसँग घुँडा टेक्नुहुँदैन् । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिनुहुँदैन ।’

 



प्रतिक्रिया दिनुहोस्