Logo

‘आजभोलि म अचम्मित भाछु, केपीहरुले (उहाँहरु) त झन जितेजस्तो पो गर्नुभाछ’ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै कडा आलोचना गरेका छन् । पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ बीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘सर्वोच्चले उहाँहरुलाई हराईदिएको छ, तर उहाँहरु झन हामी बलियो भयौं रे, हा..हा..यो अचम्म हारेपछि बलियो हुने अरे, त्यस्तो पनि हुन्छ कहीँ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर पूरै देशले भनिराखेको छ । उहाँ त अब पार्टी सदस्य पनि हुनुहुन्न । संवैधानिक ढंगले, प्रतिगमनकारी हो । प्रधानमन्त्रीमा एक क्षणपनि बस्न लायक छैन् ।’

उनले पार्टीको आधिकारिक मान्यता पनि आफूहरुले नै पाउने दाबी गरे । उनले भने,‘पार्टी मान्यता हामीले पाईनै सक्यौं । सूर्य चिन्ह पाईसक्यौं । केपी नांगै भैसके । मैले त संसद् पूनःस्थापना भएपनि उहाँलाई राजीनामा दिनुभयो भने, नेपाली जनताले माफ गर्नेछन भनेको थिएँ । तर, अहिले नैतिकताको खडेरी परेको देखियो । संविधानमाथि घात भयो । नैतिकताको आधारमा एक रौं पनि आफ्नो तर्फबाट प्रदर्शन गर्न नपर्ने ? उल्टै धम्की । पूरै ध्वस्त नभएसम्म केपीजीको बुद्धि पलाउने देखिएन । नयाँ सरकार गठन प्रक्रियाको सुरुवात हुनेछ । हामीले देखेको सपना पूरा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्