Logo

अधिकारीका स्मृति दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान



विराटनगर, १७ फागुन । वामपन्थी नेता भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस समारोहका अवसरमा स्थानीय विष्णुमाया पुस्तकालयको सहकार्यमा मङ्गलबार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै छ । कार्यक्रममा १२५ ज्येष्ठ नागरिक तथा प्रजातन्त्रका निम्ति योगदान दिने २३ अग्रजलाई सम्मान गरिने जनाइएको छ ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशन नेपालका संस्थापक महासचिव लिमा अधिकारीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष माधवकुमार नेपालका उपस्थितिमा हुने कार्यक्रममा सामाजिक सुरक्षा भत्ताका प्रणेता अधिकारीले सामाजिक सुरक्षाको क्षेत्रमा गरेको योगदानका विषयमा विचारविमर्श हुने जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्