Logo

नेकपा सांसदहरुको गुट परिवर्तन तिव्र, दाहाल-नेपाल समूहका सांसद सुटुक्क बालुवाटारमा



काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली कानुनी रुपमा विभाजित नभएको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलमा फेरि बहुमतमा पुग्ने देखिएको छ । ओली समूहले नेकपाका केही सांसदहरुलाई आफ्नो पक्षमा ल्याएपछि बहुमतमा पुगेका हुन् ।

ओली निकट एक नेताका अनुसार आजै तीनजना दाहाल-नेपाल समूहका सांसदहरुले गुट परिवर्तन गरेका छन् । उनीहरुले ओलीलाई समर्थन गर्ने भएका हुन् ।

अब ओली दाहाल-नेपाल समूहका सांसदहरुलाई आफ्नो पक्षमा पारेपछि बहुमतमा पुगेका हुन् । उनको पक्षमा ८७ जना सांसदहरु पुगिसकेको बुझिएको छ । स्रोतले भन्यो,‘अन्य सांसदहरु पनि आउनेछन् ।’

निर्वाचन आयोगले नेकपाबारे कुनै निर्णय नदिएकाले वैधानिक रुपमा एक अवस्थामा छ । सभामुख सहित नेकपाको १७४ सिट छ । प्रचण्ड र माधव समूहको ९३ र ओली समूहको ८१ सांसद संख्या रहेको गणित सार्वजनिक भइरहँदा ६ जना सांसदहरुले भित्री रुपमा गुट परिवर्तन गरिसकेका छन् । गुट परिवर्तनको संख्या हेर्दा अब दाहाल-नेपाल पक्षमा ८६ जना सांसद संख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस्