Logo

संसद बैठक बस्नुअघि नै नेकपाको आधिकारिकता टुँगो लगाउँदै निर्वाचन आयोग



काठमाडौं, १७ फागुन । निर्वाचन आयोगले फागुन २० गते अघि नै नेकपाको दल विवाद टुँगो लगाउने भएको छ । आयोगनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अबको एक/दुई दिनभित्रै नेकपाको आधिकारिकताबारे टुँगो लगाउने तयारी छ । यसको लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयुक्तहरुसँगको छलफललाई तिव्रता दिएका छन् ।

प्रचण्डको दाबी : ‘पार्टी मान्यता हामीले पाईनैसक्यौ, घोषणा हुनमात्रै बाँकी छ’ (भिडिओसहित)

आयोगले यसअघि नेकपाको दुवै पक्ष (ओली र दाहाल–नेपाल) पक्षलाई छलफलको लागि बोलाईसकेको छ । दुवै पक्षले आ–आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । तर, आयोगले ४४१ केन्द्रीय कमिटीलाई मान्यता दिईसकेकोले ओली पक्ष केही दबाबमा परेको छ । प्रमुख आयुक्त थपलियाले नेकपाको आधिकारिकताको विषयमा अब विलम्ब नगरी निर्णय दिने कुरा आयोगका पदाधिकारीसँग पनि बताउने गरेका छन् ।

दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

आजमात्रै नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको पार्टी मान्यता पाईनै सकेको र सूर्य चिन्ह पनि पाईसकेको दाबी गरेका छन् । उनले अब त्यो घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् । आजमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेको लागि संसद्को अधिवेशन बोलाएकी छिन् । संसद बैठक बस्नुअघि नै आयोगले नेकपाको विवाद टुँगो लगाउन खोजेको हो । यता, नेकपा आफ्नो हो भनेर ऋषि कट्टेलले अदालतमा हालेको मुद्दाको पनि यही फागुन २० गते फैसला आउँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot