Logo

ओलीलाई सत्ताबाट हटाउन दाहाल-नेपालको यहाँसम्मको रणनीति



काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने नयाँ विकल्पसहित प्रस्तुत हुने तयारी अवस्थामा रहेका छन् । उनीहरुले कुनै हालतमा ओलीलाई सत्तामा रहन नदिन संसदीय दलमा आफू पक्षीय सांसदहरुको हस्ताक्षरसहित संसदमा दल दर्ता गर्ने सम्मको विकल्प तयार गरेका छन् ।

प्रचण्ड र माधव नेपालले दल दर्ताको विकल्पसम्मको परामर्श निकट कानुन व्यवसायीहरुसँग गरेका छन् । संसदीय दलका आफू पक्षीय सांसदहरुको हस्ताक्षरसहित दल दर्ता गर्ने विकल्प समेत तयार गरेका हुन् ।

निर्वाचन आयोगले आधिकारिकताको टुंगो लगाउन ढिलो गरेमा या ओलीको पक्षमा निर्णय लिएमा पनि विकल्पका साथ प्रचण्ड र नेपाल तयार भएका हुन् । ऋषि कट्टेलले नेकपा दर्ताविरुद्ध निर्वाचन आयोगमा हालेको मुद्दाको फैसला २० फागुनमा आउनलाग्दा दाहाल र नेपाल पनि तयारी अवस्थामा रहेका हुन् । उक्त मुद्दामा आयोगको विपक्षमा फैसला आएमा पनि दाहाल र नेपाल दल दर्तासम्मको तयारीमा रहेका हुन् ।

विभिन्न विकल्पहरु हेरेर दाहाल र नेपालले ओलीलाई सत्ताबाट हटाउने तयारी गरेका छन् । यसले ओलीको सत्तामा संकट झन् बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्