Logo

१९ दिनमै तेस्रोपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं, फागुन १८ । नेपाल आयल निगमलेफेरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ। निगमले विज्ञप्ति जारी गरेर सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७२ कायम गरिएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किली २५ डलर बढाएर प्रति किली ८९३ अमेरिकी डलर पुर्‍याइएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ।

नेपाल आयल निगमलेफेरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ। निगमले विज्ञप्ति जारी गरेर सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७२ कायम गरिएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किली २५ डलर बढाएर प्रति किली ८९३ अमेरिकी डलर पुर्‍याइएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ।

मूल्य बढाउँदा पनि अझै आफूलाई घाटा नै रहेको निगमको दाबी छ। मूल्य समायोजन पश्चात् पनि निगमलाई पेटोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा ६ रुपैयाँ ५३ पैसा तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रही अर्धमासिक रुपमा करिब १३२ करोड रुपैयाँ घाटा रहेको जनाएको छ।

फेब्रुअरी १६ मा भारतीय आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११४, डिजेल र मट्टितेलको मूल्य रु ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य रु एक हजार ४०० तोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्