Logo

नेकपामा बामदेव निर्णायक शक्ति, तानातानमा ओली–प्रचण्ड



काठमाडौं, फागुन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनत विभाजित नभएपछि संसदिय दलमा बहुमतको खेल सुरु भएको छ । नेकपा भित्रको ओली पक्ष र प्रचण्ड–नेपाल पक्षमा दुबैको स्पष्ट बहुमत नभएपछि उपाध्यक्ष बामदेव गौतम तानातानमा परेका छन् ।

गौतमलाई आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड दुबै पक्षका नेताहरु दैनिक जसो भैसेपाटी स्थित गौतम निवासमा धाईरहेका छन् । दुवैपक्षले गौतमसंग राजनैतिक लेनदेनबारे प्रस्तावसमेत राखेका छन् । तर, गौतमले पार्टी एकताबाट मात्रै सहमति राख्ने अडान लिदै आएका छन् । । कुनैपनि पक्षमा नलाग्ने गौतमले अडान कायम राखेका छन् ।

अहिले नेकपाको प्रचण्ड–नेपाल पक्षमा ८६ सासंद र ओली पक्षमा ८४ सासंद रहेका छन् । नेकपामा सभामुखसहित एक सय ७४ सासंद रहेकोमा चार जना सासंद गौतम पक्षमा रहेका छन् । तिनै चार जना सासंद नेकपाको निणार्यक शक्ति बनेका छन् । अव गौतमले लिने निणर्यले ओली र प्रचण्ड दुवै समुहको भविश्य निर्घारण गर्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्