Logo

सडक खन्दा विवाद भएपछि जिउँदै खाडलमा पुरियो ४५ बर्षीय महिलालाई



धादिङ, फागुन १८ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ खोल्सी नजिकै सडक खन्ने क्रममा स्थानीय ४५ बर्षीय सरस्वती कुमाललाई खाडलमा पुरिएको छ ।

डोजरको ठक्करबाट महिलाको मृत्यु भएपछि डोजरमा आगजनी भएको छ । डोजरको ठक्कर पछि घाईते महिलालाई डोजर चालकले खाल्टो खनी पुर्न लागेपछि स्थानीयहरुले डोजरमा आगजनी गरेका छन् ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाइ अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा मृत्यु भएको स्थानियको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्