Logo

दुई ट्रक एक–आपसमा ठोक्किदा दुबै चालकको मृत्यु



नवलपरासी,फागुुन १८। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एक आपसमा ठोक्किँदा दुबैजना चालकको मृत्यु भएको । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा ना६ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तनहुँ बन्दीपुर गाउँपालिका–३ का १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङका ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्