Logo

सभामुखसँग दाहाल-नेपाल समूहका नेताहरुको छलफल



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेताहरुले आज सभामुख अग्नि प्रसाद सापकोटासँग छलफल गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते साँझ ४ बजे संसद्को अधिवेशन बोलाएकी छिन् । अब कसरी अघि बढ्ने भन्नेबारे दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

नेकपामा बामदेव निर्णायक शक्ति, तानातानमा ओली–प्रचण्ड 

संसद बैठक बस्नुअघि नै नेकपाको आधिकारिकता टुँगो लगाउँदै निर्वाचन आयोग 

नेकपा सांसदहरुको गुट परिवर्तन तिव्र, दाहाल-नेपाल समूहका सांसद सुटुक्क बालुवाटारमा 

दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

तर, दाहाल–नेपाल समूहका नेताहरु भने सभामुख सापकोटासँग छलफलमा जुटेका छन् । स्रोतकाअनुसार भेटमा नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयका दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने भन्नेबारे परामर्श गरेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्