Logo

कांग्रेस नेता श्रेष्ठ नर्भिक अस्पताल भर्ना, शेखर कोइरालाले लिए स्वास्थ्य अवस्थाबारे जानकारी



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठ नर्भिक अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन डा. शेखर कोइराला आज अस्पताल पुगेका थिए ।

श्रेष्ठलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । आइतबार सीसीयुमा भर्ना भएको उनको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न छन् ।



प्रतिक्रिया दिनुहोस्