Logo

सरकारद्धारा विप्लवसँग वार्ता गर्न टोली गठन, बादल संयोजक र सदस्यमा भट्टराई



काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने भएको छ । यसको लागि सरकारले आफ्नो तर्फबाट वार्ता टोलीसमेत गठन गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग वार्ता हुने बताईरहेको बेलामा आजमात्रै सरकारले आफ्नो तर्फबाट वार्ता टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको हो । सरकारको तर्फबाट वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

यसअघि नै विप्लवले पनि सरकारसँग वार्ता गर्ने विज्ञप्ती जारी गरिसकेका छन् । उनले आफूहरु शान्तिपूर्ण राजनीतिमा आउन चाहेको बताएका छन् । हिजोमात्रै पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहका एक नेतालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । विप्लव समूहसँग वार्ता गर्नको लागि सरकारको तर्फबाट खानेपानी मन्त्री मणि थापाले पछिल्लो दिनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्