Logo

बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ



झापा, १८ फागुन । बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगरमन बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवा ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अधिकारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्