Logo

भन्सार छलि ल्याएका मोबाइल सहित पक्राउ



काठमाडौं, १८ फागुन । अवैधरुपमा भन्सार छलि ल्याएका मोबाइल सहित सोमबार राति प्रहरीले फक्राउ गरेको छ । काठमाडौं गौरिघाट संगम चोक डेरा गरी बस्ने रामेछाप लिखु गाउँपालिका–६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठ अवैधरुपमा भन्सार छलि ल्याएका करिब १२ लाख ४४ हजार मूल्य बराबरका विभिन्न ब्राण्डका १ सय ६७ थान मोबाइल सहित पक्राउ परेका हुन् ।

अवैधरुपमा भन्सार छलि ल्याएका विभिन्न ब्राण्डका मोबाइलहरु श्रेष्ठको डेरा कोठामा लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनको डेरा तालसी गर्दा उक्त मोबाइलहरू फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्