Logo

भरुवा बन्दुक सहित दुई जना पक्राउ



सल्यान, १८ फागुन । अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । कालिमाटी गाउँपालिका(२ बस्ने ४५ वर्षीय कुल बहादुर सारु र सोही ठाउँ कुण्डिक बस्ने २५ वर्षीय कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सारुले घर नजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाई राखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कर्यालय कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्