Logo

सांसद श्रेष्ठले निकाले विज्ञप्ती, मन्त्री पदको लागि प्रचण्डले आश्वासन नदिएको स्पष्टोक्ति



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्ण कुमार श्रेष्ठले आफूलाई कसैले पनि मन्त्री पदको लागि आश्वासन नदिएको स्पष्ट पारेका छन् । आज एक विज्ञप्ती निकाल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् । आजको कान्तिपुर दैनिकमा प्रकाशित तानातानमा सांसद्’ शीर्षकको समाचारमा आफ्नो जोडेर उल्लेख गरिएको समाचारप्रति आफ्नो ध्यानाकार्षण भएको उनले जनाएका छन् ।

हेरौं श्रेष्ठले जारी गरेको विज्ञप्ती:

प्रेस विज्ञप्ति

मंगलबारको कान्तीपुर दैनिकमा प्रकाशित ‘तानातानमा सांसद’ शिर्षकको समाचारमा मेरो नाम जोडेर उल्लेख गरिएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । प्रतिनिधिसभाको पुनःस्थापना पछि अवको विवाद स्वभाविक रुपमा नेकपाको संसदीय दलमा प्रवेश गरेको र बहुमत प्राप्त दल भित्रैबाट प्रधानमन्त्री चयन हुने सन्दर्भमा प्रतिनिधि सभाको सदस्यको हैसियतमा मलाई मात्रै हैन, सम्पूर्ण सांसदहरुलाई सम्मानीय प्रधानमन्त्री तथा श्रद्देय पार्टी अध्यक्ष केपी शर्मा अोली र अर्का श्रद्देय अध्यक्ष पुप्षकमल दाहाल प्रचण्डज्यु सहितका बरिष्ठ नेताहरूले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा हो ।

समाचारमा उल्लेख गरिए अनुसारको यो समुह वा त्यो समुहले मन्त्री पदको आश्वासन दिएको भनेर आएको समाचारमा कुनै बिश्वसनियता छैन । म सँग कुनै पनि प्रतिक्रिया नलिईकन अनुमानको भरमा राखिएको विषयवस्तुप्रति मेरो गम्भीर असहमति रहेको जानकारी गराउँदछु । उक्त समाचारको कारणले कुनै भ्रममा नपर्न र म जहिले पनिपार्टी एकताको पक्षमा रहेको जानकारी गराउदै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायीत्वको अभियानमा पनि संधै लागिरहने प्रतिबद्धता जनाउदछु ।

कृष्णकुमार श्रेष्ठ किसान
प्रतिनिधि सभा सदस्य
तनहुँ क्षेत्र नम्बर १

 



प्रतिक्रिया दिनुहोस्