Logo

सुन जस्तो देखिने पहेंलो धातु सहित विमानस्थलबाट एक पक्राउ



काठमाडौं , १८ फागुन । सुन जस्तो देखिने पहेंलो धातु सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ थान बाला र २ थान औंठी समेत गरी १ सय ६० ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित स्याङजा चापाकोट नगरपालिका(६ घर भएका ४२ वर्षीय नगेन्द्र कुमार राना सोमबार राति पक्राउ परेका हुन् ।

हिमालय एयरलाईन्सको बिमानबाट साउदीको रियादबाट आगमन भएका रानालाई प्रहरीले जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको धातु सहित विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको जनाएको छ ।

रानालाई बारमद धातु सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्