Logo

बादल र विप्लवको भेट होला ?



काठमाडौं, १८ फागुन । सशस्त्र जनयुद्ध गर्दा रामबहादुर थापा बादल र नेत्रविक्रम चन्द विप्लव एउटै दलमा थिए । तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेताद्वयको टाउकाको मुख्य समेत तोकिएको थियो । माओवादी प्रतिबन्धित पार्टी थियो । त्यसका नेतामध्येका बादल र विप्लव भूमिगत थिए ।

राजनीतिले दुवैलाई दुई किनारामा उभ्याएको छ । बादल गृहमन्त्री छन् । विप्लव प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव छन् । गृहमन्त्री बादलकै कार्यकालमा विप्लवमाथि सरकारले प्रतिबन्ध लगाएको थियो । उनले कडा चेतावनी दिदै विप्लवलाई शान्ति प्रक्रियामा आउन समेत भनेका थिए । विप्लवका कार्यकर्ता बादल गृहमन्त्री हुँदा मारिए पनि ।

तर, घटनाक्रमले नयाँ मोड लिएको छ । सरकारले विप्लवसँग वार्ता गर्ने भएको छ । गृहमन्त्री बादलकै नेतृत्वमो वार्ता कमिटी गठन गरेको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई पनि सदस्य छन् ।

सरकारद्वारा विप्लवसँग वार्ता गर्न टोली गठन, बादल संयोजक र सदस्यमा भट्टराई

अब बादल वार्ता कमिटीको संयोजक हुँदा विप्लव समूहबाट कस्तो प्रतिक्रिया आउँछ पर्खाईको विषय छ । यसअघि विप्लवले वातावरण बनेमा वार्तामा आउने भन्दै विज्ञप्ति जारी गरेका थिए । वार्ता कमिटी सरकारका तर्फबाट गठन भएकाले विप्लवबाट पनि गठन भए को को आउने हुन् ? चासोको विषय छ ।

विश्वस्त स्रोतका अनुसार विप्लव समूहबाट विप्लव आफै आउने छैनन् । पोलिटब्युरो सदस्य चिरन पुन या प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता कमिटी गठन हुनेछ । अहिले नै बादल र विप्लवको वार्ता हुने सम्भावना कमजोर छ ।



प्रतिक्रिया दिनुहोस्