Logo

पाईलटको लापरवाहीको कारण नेपाल वायु सेवा निगमको काठमाडौं–दिल्ली उडानमा यात्रुको चित्कार



काठमाडौं, १८ फागुन । नेपाल वायु सेवा निगमको एयरबस ३२० को यही फागुन १६ गतेको काठमाडौं–नयाँ दिल्ली उडानमा पाईलटको लापरवाही देखिएको भन्दै यात्रुहरुले गुनासो गरेका छन् । फागुन १६ गते विहान ११ः२० बजे काठमाडौंबाट नयाँ दिल्ली उडेको जहाज निर्धारित समयमा अवतरण हुन सकेन् ।  स्रोतकाअनुसार जहाजको गति बढि भएर ‘वार्निङ’ आएर यात्रुहरु आँत्तिएका थिए । यसरी जहाजमा गति बढि हुँदा वार्निङ आएर जहाजको संरचना नै बाधा पुग्ने विज्ञहरुको भनाई छ । यसमा सम्बन्धित निकाय (नेपाल एयरलाईन्स र सिभिल एभिएसन) ले यस्तो गुनासो आईसकेपछि जाँजबुझ गर्नुपर्ने पनि विज्ञको भनाई छ ।

जहाजमा सवार यात्रुका अनुसार जहाज निर्धारित समयमा अवतरण नगरी ‘आकाशमै धेरै नै तलमाथि’ गरी केही समय होल्ड गरेरमात्रै अवतरण गरिएको थियो । त्यस क्रममा उत्पन्न ककपिटको आवाज जहाजमा सवार यात्रुहरुले समेत महशुस गरेका थिए । र, उनीहरु अत्तालिएको बुझिएको छ । उक्त जहाजमा मुकेश कुमार गुप्ता र भावना गिरी पन्त पाईलट दिए ।

यात्रुले त पाईलटकै लापरवाहीको कारण आफूहरुले डरमर्दो अवस्था भोग्नुपरेको गुनासो पोखेका छन् । उनीहरुले यो घट्नाको बारेमा निगमले यथाशक्य चाँडो छानबिन गर्नुपर्ने पनि बताएका छन् । यात्रुमध्ये एकजनाले नाम उल्लेख नगर्ने शर्तमा भने–‘यस्तो लापरवाही त मैले पहिलोपटक भोग्नुपर्यो, यस्तै अवस्था रह्यो भने अबदेखि नेपाल एयरलाईन्समा यात्रा नगर्दा पनि हुन्छ ।’ उता नयाँ दिल्लीबाट काठमाडौं फर्किने निर्धारित समय दिउँसो १ बजे थियो । तर, साँढे चार बजेमात्रै काठमाडौंको लागि जहाज उडेको पाईएको छ ।

नेपाल एयरलाईन्स र सम्बन्धित पक्षले यात्रुको यस्ता गुनासालाई समयमै सम्बोधन गर्नुपर्छ । होईन, भने नेपाली आकाशमाथि युरोपियन युनियनले लगाएको प्रतिबन्ध कसरी हट्छ ? र, नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सप्रति पनि कसरी विश्वास जाग्छ त ? यो अहिले अहम प्रश्नको रुपमा तेर्सिएको छ । रिपोर्टर्स नेपाल डटकमले यात्रुको उक्त गुनासोलाई ध्यानामा राखी नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठलाई जिज्ञासा राख्दा अहिलेसम्म फागुन १६ गतेको काठमाडौं–नयाँ दिल्ली उडानमा लापरवाही भएको भनेर आफूहरुकहाँ गुनासो नआएको जानकारी दिईन् ।

 



प्रतिक्रिया दिनुहोस्