Logo

बिर्तामोड उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवाकोटी निर्वाचित



बिर्तामोड, १८ फागुन । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । गए राति प्राप्त मत परिणामअनुसार लोकतान्त्रिक प्यानलका उम्मेदवार शिवाकोटीले दुई हजार १३९ मत ल्याई प्रतिस्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष सुवास भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे र वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे विजयी भएका हुन् । महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनाली, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेल, कोषाध्यक्षमा दीपेन्द्र राउत विजयी भएको निर्वाचन समितिका सदस्य केशवकुमार भट्टराईले जानकारी दिए ।

महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा राधिका चुडाल हुमागार्इं र सदस्यहरुमा गुञ्जन प्रसाई २००८, गौरीशङ्कर गुप्ता (टिङ्कु), जीवनकुमार खड्का, दीपक मित्तल, पुकार बराल, बलराम सिटौला (राम), विशाल थापा विजयी भएका हुन् । सङ्घको निर्वाचन यही फागुन १६ गते भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्