Logo

मोटरसाइकल आउटराइडर्स तालिम सम्पन्न



काठमाडौं, १८ फागुन । मोटरसाइकल आउटराइडर्स तालिम समापन भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २०औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम मंगलबार सम्पन्न भएको हो ।

उक्त तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे। उक्त अवसरमा उहाँले विशिष्ट व्यक्तिको सुरक्षार्थ खटिँदा चालकले अपनाउनुपर्ने सुरक्षा सम्बन्धी तालिममा प्रदान गरिएको ज्ञान, सिप र कौशललाई प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा लागू गर्नुपर्ने बताए।

गत माघ ६ गतेबाट शुरु भएको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २६ जना गरी कुल २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्