काठमाडौँ, १८ फागुन । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ ।
सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागलाई उद्यृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जनवरीमा आठ हजार ८४७ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक नेपाल आएका हुन् । बोर्डका प्रवक्ता मणि लामिछानेले पछिल्ला महिना पर्यटक आवागमन सुधारात्मक रहेको बताए । कोभिडपछिको पर्यटक आवागमन दरलाई तुलना गर्दा क्रमशः सुधारोन्मुख छ । उनका अनुसार कोभिडपछिको पर्यटक आगमनदर हेर्दा गत नोभेम्बरमा एक हजार ९५६ र डिसेम्बरमा चार हजार २४५ पर्यटक आएका छन् । यो वर्षको जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक आएका छन् । यो हवाई मार्ग भएर आउने विदेशी पर्यटकको सङ्ख्या हो ।
फेब्रुअरी महिनामा सबैभन्दा बढी भारतबाट चार हजार ७६३ पर्यटक नेपाल आएका छन् । सन् २०२० को फेब्रुअरी महिनामा भारतबाट १४ हजार ८४० पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ६७ दशमल नौ प्रतिशत कमी हो । उक्त अवधिमा चीनबाट मात्र ७०८ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७७ दशमलव नौ प्रतिशतले कमी हो ।
सन् २०२० को फेब्रुअरीमा तीन हजार २०७ पर्यटक नेपाल आएका थिए । अमेरिकाबाट ५०२ र जर्मनीबाट १२६ पर्यटक आएका छन् । कोभिड महामारी जारी रहेपनि नेपालमा कोभिड विरुद्धको खोप लगाउन शुरु भइसकेको र कोभिडका सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन घटिरहेकाले पर्यटक आवागमन वृद्धि हुने व्यवसायीको अपेक्षा छ । पर्यटक आगमनमा झिनो सुधार
काठमाडौँ, १८ फागुन ९रासस० ः सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ ।
सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागलाई उद्यृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जनवरीमा आठ हजार ८४७ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक नेपाल आएका हुन् । बोर्डका प्रवक्ता मणि लामिछानेले पछिल्ला महिना पर्यटक आवागमन सुधारात्मक रहेको बताउनुभयो । कोभिडपछिको पर्यटक आवागमन दरलाई तुलना गर्दा क्रमशः सुधारोन्मुख छ । उहाँका अनुसार कोभिडपछिको पर्यटक आगमनदर हेर्दा गत नोभेम्बरमा एक हजार ९५६ र डिसेम्बरमा चार हजार २४५ पर्यटक आएका छन् । यो वर्षको जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक आएका छन् । यो हवाई मार्ग भएर आउने विदेशी पर्यटकको सङ्ख्या हो ।
फेब्रुअरी महिनामा सबैभन्दा बढी भारतबाट चार हजार ७६३ पर्यटक नेपाल आएका छन् । सन् २०२० को फेब्रुअरी महिनामा भारतबाट १४ हजार ८४० पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ६७ दशमल नौ प्रतिशत कमी हो । उक्त अवधिमा चीनबाट मात्र ७०८ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७७ दशमलव नौ प्रतिशतले कमी हो ।
सन् २०२० को फेब्रुअरीमा तीन हजार २०७ पर्यटक नेपाल आएका थिए । अमेरिकाबाट ५०२ र जर्मनीबाट १२६ पर्यटक आएका छन् । कोभिड महामारी जारी रहेपनि नेपालमा कोभिड विरुद्धको खोप लगाउन शुरु भइसकेको र कोभिडका सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन घटिरहेकाले पर्यटक आवागमन वृद्धि हुने व्यवसायीको अपेक्षा छ ।
सरकारले अघिल्लो वर्षको नोभेम्बर १७ तारिखदेखि नेपालमा विदेशी पर्यटक आवागमन खुल्ला गरेको थियो । कोभिड नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको करीब आठ महिनापछि नेपालको पर्वतारोहण र पदयात्रा नियमित भएको थियो ।
विदेशी पर्यटकलाई होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यताका कारण पनि विदेशी कम सङ्ख्यामा आएको व्यवसायीको बुझाइ छ । अनअराइभल भिसाको व्यवस्था गरी क्वारेन्टिनको बाध्यता हटाएको खण्डमा विदेशी पर्यटक बढ्ने सरोकारवालाको बुझाइ छ । नेपालको पर्यटनको मुख्य मौसम मार्च, अप्रिल र मे हो । यो अवधिमा पर्वतारोहण तथा पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउँछन् ।रासस




प्रतिक्रिया