Logo

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन चुनौती दिदै भनेः त्यो सजिलो छैन



काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन सजिलो नभएको बताएका छन् । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्रीबाट हटाउन चुनौती दिए ।

‘मलाई कसैले हटाउन सक्छ भने हटाओस्, तर त्यो सजिलो छैन,’ ओलीेले भने,‘आउँदो चुनावमा दुई तिहाई ल्याएर फेरि सिंहदरबार पस्छु ।’ उनले आफू देश बिगार्नेहरुविरुद्ध रहेको टिप्पणी गरे । देश बनाउन आफू सक्रिय भएको बताए ।

ओलीले प्रचण्डप्रति व्यङ्ग्य गर्दै नेपाली जनतालाई दुःख दिएर अरुका लागि कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप लगाए । उनले नेपाली जनताका लागि काम गर्ने सरकार चाहिएको बताए ।



प्रतिक्रिया दिनुहोस्