Logo

दिनहुँ सेक्स गर्ने मान्छे तागतदार !



नियमित यौनसम्पर्क गर्ने व्यक्ति शारीरिक रुपमा दुर्बल अर्थात् कमजोर हुन्छ भन्ने धेरैलाई भ्रम छ  । खेलाडी तथा बडीबिल्डरहरुले सेक्स नगरेरै शरीर गठिलो बनाएका हुन् । तर त्यस्तो होइन ।

विज्ञहरु भन्छन्, ‘बरु नियमित सेक्स गर्ने व्यक्ति स्वस्थ र तागतदार हुन्छ । किनभने मांसपेसी बन्नु र यौनेच्छा बढ्नु दुवै पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोनबाट निर्धारण हुने हो । शरीरमा टेस्टोस्टेरोनको उत्पादन जति बढी हुन्छ, यौन चाहना पनि उति बढी हुन्छ । र, जति यौन चाहना बढ्छ, तपाईंको शरीरको मांसपेशी पनि उति राम्रो बन्छ ।’

विज्ञहरुको अर्को धारणा के छ भने शारीरिक सुगठन ट्रेनिङबाट टेस्टोस्टेरोनका उत्पादन बढछ । यदि कोही व्यक्ति यौन रुपमा सक्रिय छ भने पनि शरीरमा पहिलेदेखि नै टेस्टोस्टेरोनका मात्रा पर्याप्त हुन्छ । त्यसकारण शारीरिक सुगठन र सेक्स दुवैले तपाईंको शरीरको मांसपेशी झन् मजबुत बनाउँछ ।

अमेरिकास्थित एफएसएन स्पोर्ट साइन्सद्वारा गरिएको सर्भेमा एक बक्सिङ च्याम्पियनलाई छनोट गरिएको थियो । सुरुमा उसलाई एक हप्तासम्म सेक्स नगर्न भनियो र उसको फिटनेस प्रदर्शन जाँच गरियो । उसको टेस्टोस्टेरोनको स्तर, खुट्टाको तागत र पन्च पावरको रेकर्ड गरियो । त्यसपछि उसलाई पुनः एक हप्तासम्म सेक्स गर्न भनियो र पुनः उसको परीक्षण गरियो ।

नतिजा यस्तो आयो कि सेक्स नगरेको बेलाको प्रदर्शनभन्दा सेक्स गरेको बेलाको प्रदर्शन उत्कृष्ट देखियो । खुट्टाको तागत र पन्च पावरमा सेक्स नगर्दा भन्दा गरेपछि राम्रो देखियो । टेस्टोस्टेरोनको स्तर पहिले भन्दा २० प्रतिशतले बढ्यो ।

त्यसैले विशेषज्ञ भन्छन्, ‘शारीरिक अभ्यासअघि सेक्स गर्ने व्यक्तिले नगर्नेले भन्दा राम्रो प्रदर्शन गर्न सक्छ ।’ अर्थात् सेक्स गर्दैमा यसको तागतमा कुनै नकारात्मक प्रभाव पर्दैन ।एजेन्सी 



प्रतिक्रिया दिनुहोस्