Logo

यौनक्रियाः कति सामान्य, कति असामान्य ?



जोडीबीचको नितान्त निजी मामिला हो सेक्स अर्थात् यौनसम्पर्क ।  त्यसैले यति पटक नै हुनुपर्छ भन्ने प्रश्न त्यति सान्दर्भिक पनि होइन । यौनसम्पर्क घटबढ हुनुमा जोडीको रुचि, अवस्था, वातावरण, उमेर, स्वास्थ्य आदिको प्रभाव पर्न सक्छ । त्यसैले सेक्स कति पटकलाई सामान्य मान्ने भन्ने प्रश्नको सटीक उत्तर दिन सकिँदैन ।

यद्यपि अनुसन्धानकर्ताहरुले यसको बारेमा केही तथ्य फेला पारेका छन् । उनीहरुको अध्ययन अनुसार सामान्य १८ वर्ष देखि २९ वर्षको उमेरका जोडीले वर्षमा १ सय १२ पटक यौनसम्पर्क अर्थात् लगभग तीन दिनमा एक पटक सेक्स भयो भने त्यसलाई सामान्य मानिन्छ ।

यस्तै, ३० देखि ३९ वर्षका जोडीले वर्षमा ८६ पटक अर्थात् चार दिनमा एक पटक सेक्स गरे त्यसलाई सामान्य रुपमा लिइन्छ । उमेर बढेसँगै यौन क्रियाकलापमा समेत कमी हुँदै जाने भएकाले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यही अनुपातमा कमी हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यौनकार्यमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुन्छ भनिएको छ ।

छुटाउनै नहुने कुरा के भने, यो नितान्त निजी मामिला हो । यसमा निजी रुचि, चाहना, वातावरण, उमेर, स्वास्थ्य आदि कुराहरुले असर गर्छ । कोही पाको उमेरको व्यक्तिले धेरै पटक सेक्स गर्न पनि सक्छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्