Logo

रतन तिरुवाको नेतृत्वमा ‘नेपाल श्रमिक पार्टी’ स्थापना



काठमाडौं, १८ फागुन । माक्सवाद, लेनिनवादी विचारधारालाई देशको वस्तुगत परिस्थिति अनुसार अघि बढ्ने प्रतिवद्वताको साथ नेपाल श्रमिक पार्टी स्थापना भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी स्थापना भएको नवगठित पार्टीका अध्यक्ष रतन तिरुवाले जानकारी दिएका हुन् ।

कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष तिरुवाले वर्तमान संकटलाई निकास दिनको लागि बहुसंख्यक श्रमिकहरुले एकपटक फेरी संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने,‘वर्तमान संकटलाई निकास दिनको लागि नेपाल श्रमिक पार्टी स्थापना भएको छ ।’

उनले जातिय विभेद तथा छुवाछुतबाट दिनहँु हजारौँ मानिसहरु अपमानित हुनु परेको दुखेसो पोखे । उनले महिलामाथि हुने शोषण तिव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । राज्यको पहँुचबाट टाढा रहेका जाति तथा समुदायको हकहित र अधिकार दिनप्रतिदिन खोसिरहेको अनुभुति भैरहेको छ, तिरुवाले भने ।

तिरुवाले आजको युग र आवश्यकतालाई मध्य नजर गर्दै नेपाल श्रमिक पार्टी नेपाली श्रमजिवि वर्गका जनताहरुको हकहित र अधिकार सुनिश्चित् गर्नको निम्ति स्थापना भएको नयाँ राजनैतिक पार्टी भएको जिकिर गरे । उनले पार्टीको रणनीतिक लक्ष्य (वैज्ञानिक समाजवाद) साम्यवाद भएको बताए । र, मार्गनिर्देशक सिद्धान्त माक्सवाद, लेनिनवाद भएको पनि जनाईएको छ । विज्ञप्तीमा भनिएको छ,‘नेपाल श्रमिक पार्टीले माक्सवाद, लेनिनवादी विचारधारालाई आफ्नो देशको वस्तुगत परिस्थिति अनुसार लागु गर्नेछ ।’

नेपाल श्रमिक पार्टीका अध्यक्ष रतन तिरुवाले जारी गरेको विज्ञप्तिमा पार्टीको संगठनात्मक सिद्धान्तबारे जनवादी केन्द्रीयताको सिद्धान्तलाई नै अनुसरण गरिने लेखिएको छ । जसअनुसार व्यक्ति संगठनको मातहतमा रहने, अल्पमत बहुमतको मातहतमा रहने, तल्लो स्तरका समिति माथिल्लो स्तरको समितिको मातहतमा रहने र सम्पूर्ण केन्द्रीय सदस्यहरु केन्द्रीय समितिको मातहतमा रहनेछ ।

विज्ञप्तीमा जनाईएको नीति तथा कार्यक्रमहरु निम्न रहेका छन् :

=देशमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै सम्पुर्ण असमान सन्धी सम्झौता खारेज गर्ने

=वर्गवाद र जातियवादको उन्मुलन गर्दै रुढीवादी, पुरातनवादी सोच र चिन्तनको अन्त्य गर्दै सभ्य र समानताको मानव समाज निर्माण गर्ने

=सबैलाई निशुल्करुपमा वैज्ञानिक स्वास्थ्य सेवा, शिक्षाको व्यवस्था र रोजगारीको ग्यारेन्टी गर्ने, क्रान्तिकारी भुमीसुधार लागु गरी किसानहरुलाई जमिन उपलब्ध गराउन
शोषित पीडित जनताहरुको न्यायपुर्ण संघर्षमा साथ दिँदै उनीहरुको हकहित र अधिकारको सुनिश्चित गर्ने

=सामन्तवाद दलाल पुँजीवाद, साम्राज्यवाद र विस्तारवादको विरोध गर्दै वैदेशिक हस्तक्षेप र राष्ट्रिय आत्मसर्मपर्णका विरुद्व प्रतिरोध संघर्ष संचालन गर्ने

=भुमण्डीकृत पुँजीवादद्वारा देशभित्र निर्मित दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थाको निर्माण गर्ने र शासकिय स्वरुप परिर्वतन गरी राष्ट्रपतिय शासन प्रणालीको व्यवस्थाको निर्माण गर्ने ।

=नेपाल श्रमिक पार्टीको संगठानात्मक हिसाबले पार्टी जनवादी केन्द्रियताको सिद्वान्तलाई नै अनुसरण गर्नेछ ।

=जसअनुसार, व्यक्ति संगठनको मातहतमा रहने अल्पमत बहुमतको मातहतमा रहने

=तल्लो स्तरकोसमिति माथिले स्तरको समितिको मातहतमा रहने र सम्पुर्ण सदस्यहरु केन्द्रिय कसमितिको मातहतमा रहेनेछन् ।

=अन्तमा नेपाल श्रमिक पार्टी विश्वव्यापी लोकतान्त्रिक मुल्य मान्यता सहितको समाजवादको पक्षमा रहेको कुरा स्पष्ट पार्न चाहान्छु ।

 



प्रतिक्रिया दिनुहोस्