Logo

भीम रावलले प्रधानमन्त्री ओलीमाथि लगाए अरु कसैमाथि हमला गराउन वातावरण बनाएको आरोप



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अरु कसैमाथि हमलाको वातावरण बनाएको आरोप लगाएका छन् । उनले ओलीले सुरक्षा थ्रेट छ भन्नुलाई हमलाको वातावरण बनाउन खोजेको टिप्पणी गरेका हुन् ।

आज ट्वीट गर्दै रावलले प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेट भन्नुको सम्भावित कारणबारे उल्लेख गर्दै अदालतको फैसलापछि झरेको साख बचाउन, जनसहानुभूती बटुल्न, अुरक्षाको आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने, अरु कसैमाथि हमला गराउन वातावरण बनाउने अनुमान गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्ः प्रमं केपीले आफुलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारण:•अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने•प्रमं नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने•अरू कसैमाथि हमला गराउन वातावरण बनाउने।तर यसले प्रमंको अयोग्यता र गैरजिम्मेवारपन नै देखाउँछ।



प्रतिक्रिया दिनुहोस्