Logo

पूर्वमन्त्री बाँस्कोटालाई पितृ शोक



काठमाडौं, १८ फागुन । पूर्वमन्त्री तथा सांसद गोकुल बाँस्कोटाका पिता हरिप्रसाद बाँस्कोटाको निधन भएको छ । नेकपा दाहाल–नेपाल समूहका विदेश विभाग प्रमुख विष्णु रिजालले बाँस्कोटाको निधनको खबरले दुखित् तुल्याएको बताएका छन् ।

रिजालले सामाजिक सञ्जाल ट्विटरमा श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्-” पूर्वमन्त्री तथा सांसद@GokulPBaskota  का पिता हरिप्रसाद बॉस्कोटाको ९२ बर्षको उमेरमा आज काभ्रेको देउपुर, नयॉ गाउँस्थित आफ्नै घरमा निधन भएको खबरले दुखित तुल्याएको छ । दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्दै गोकुलजी लगायत परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्