Logo

दिल्लीबाट फर्किएपछि बाबुरामको प्रस्ताव : राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गरौं



काठमाडौं १८ फागुन । स्वास्थ्योपचार सकेर भारतको नयाँ दिल्लीबाट आज स्वदेश फर्किएका डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत देशको स्वास्थ्यले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै समाधानको लागि फर्गिभ र फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने बताएका छन् । उनले अहिलेको समस्याको जरो ०६५ ०६६ पछि भत्केको राजनीतिक सहमति नै भएको पनि उल्लेख गरेका छन् ।

सञ्जालमा उनले लेखेका छन् :

दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो।यसो गरौं न: १.ऐलेको समस्याको जरो०६५/६६पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive&Forgetको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं:.

अ)TRCलगायत शान्तिप्रक्रियाका बाॅकी काम पूरागरौं;आ)सहमतिले संविधान संशोधन गरौं;इ)संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅ;ई)समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौं;उ)विश्व/छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यत: भारत/चीन/अमेरिकासंग असल सम्बन्ध बनाऊॅ!



प्रतिक्रिया दिनुहोस्