Logo

भूगोल साहित्य समाज (भूसास)मा नेपाल



काठमाडौं, १९ फागुन । भूगोल साहित्य समाज (भूसास)को प्रथम साधारणसभाले आगामी दुई वर्षका लागि विनोदकुमार नेपालका अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजका उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैलेन्द्रकुमार शाह, कोषाध्यक्षमा हरिश्चन्द्र गौतम तथा सदस्यमा नवराज पुडासैनी, गुप्तबहादुर राना, उमेश तिमिल्सिना, मुकुन्द अर्याल (प्रवक्ता) र आमन्त्रित सदस्यमा पदमकुमारी सापकोटा निर्विरोध चयन भएका छन्।

राष्ट्रिय वाणिज्य बैंकबाट सेवानिवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वको सक्रियतामा साहित्य, अध्यात्म, संस्कृतिलगायत समाजका विविध विषयमा क्षेत्रमा शृङ्लाबद्ध कार्यक्रम आयोजना गर्ने उद्देश्यले गत २०७६ असोज ६ गते सो संस्था स्थापना भएको थियो । साधारणसभामा सहभागीले कविता पनि वाचन गरेको प्रवक्ता अर्यालले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्