Logo

म माधव नेपाल समूहमा छु, महेश बस्नेतसँग फोनमा सामान्य गफगाफ भएको हो : केसी



नेकपा दाहाल नेपाल समूहका सांसद हिराबहादुर केसीले आफूले नेकपा ओली समूहका नेता महेश बस्नेतसँग भेटवार्ता नगरेको स्पष्ट पारेका छन् । उनले आफू र बस्नेतबीच फोनमा सामान्य गफगाफमात्रै भएको दाबी गरे । मंगलबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू माधव कुमार नेपाल समूहमै रहेको पनि विश्वास दिलाए । प्रस्तुत छ नेता केसीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँ हिजो महेश बस्नेतलाई भेट्न होटेलमा जानुभएको हो ?

सामान्य गफगाफ हो । यस्तो कुरा कसरी बाहिर आयो ?

तपाईँ तानातानमा पर्नुभएको हो कि होइन ? हिजो तपाईँलाइ महेश बस्नेतले के भन्नुभयो ?

होईन, त्यस्तो केहीपनि तानातानमा छैन। म स्पष्ट क्लियर छु ।

विमानस्थलबाट सिधै महेश बस्नेतलाई भेट्न जानुभएको हो कि होईन ?

होइन, होईन ।

तपाईँ आफनो कुरा लुकाउनु हुन्छ है अलि अलि, किन ? आँफैले बोलेको कुरापनि किन अहिले आएर बोलेको होईन भेटेको होइन भनिरहनु भएको छ ?

होइन हजुर, आजभोलिका मिडिया के लेख्छन् ? के लेख्छन् ?

मिडियाले लेखेका कुरा कसरी गलत भन्नुहुन्छ ?

होइन , होईन , होईन ।

तपाईँ कुन समुहमा हुनुहुन्छ ? बताउनुहोस् न त ?

म माधवकुमार नेपाल समुहमा छु ।

माधवकुमार नेपाल समुहमा तपाईँ हुनुहुन्छ ? तपाइहरू दुई घण्टा होटेलमा बस्नुभयो महेश वस्नेतले के–के भन्नुभयो ?

होइन, होईन, होईन । छैन त्यस्तो होईन हामी ।

महेश बस्नेत र तपाईँको बीचमा भएको कुराकानी के-के हो ?

उहाँ त मेरो नेता हो । उहाँलाई किन विवादमा पार्ने ? त्यस्तो केहीपनि होइन हजुर ।

तपाईँ भेट्न गएको हो नि त्यो कुरा किन अस्वीकार गर्नुहुन्छ ?

होइन, त्यस्तो हुँदैै होइन । बेकारमा के लेख्छ आजभोलि ऋषिजी ।

तपाईँ भेट्न गएको हो कि होइन एयरपोर्ट होटेलमा ?

होइन, म गएकै छैन ।

तपाईँ नढाँट्नुहोस् है, मसंग प्रमाण छ । तपाईँले आज नेपाली जनतालाई किन झुटो बोलिरहनु भएको छ ?

होइन, होइन । मैले नेपाली जनतालाई झुटो बोलेकै छैन । हाम्रो भेटघाट केही पनि भएको छैन । सामान्य फोनमा गफ भएको हो । त्यस्तो केही पनि होईन ।

त्यसो भए भेटवार्ता भएको छैन तपाईँहरुको ?

अहँ । छैन् । छैन् । , छैन ।

तपाईँलाई त महेश बस्नेतले मन्त्री बन्नको लागि लागि प्रस्ताव गर्नुभयो अरे ?

होईन, गर्नुभएको छैन । केही पनि गर्नुभएको छैन । म त्यस्तो कुरामा बिक्ने र त्यस्तो कुरामा लाग्ने मान्छे नै होइन ।

तपाईँलाई त पैसाको अफर आयो होला नि त ?

आएन । आएन । पैसा त म कसैको पनि खाँदै खाँदैन् ।

तपाँईले अहिलेसम्म कसैको पैसा खानुभएको छैन ?

अहँ । अहँ । अहँ ।

सांसदहरुले अब जेपनि गर्छन् भन्ने कुरा आईसक्यो ?

उनीहरू गर्छन होला । उनीहरुको होला त्यो कुरा । मलाई पैसाको अफर आएको पनि छैन । म त कसैको पैसा लिँदापनि लिँदैन् । आफनै व्यवसाय गरेर आफ्नै व्यवसायमा रमाउन राजनिति गर्ने र जनताको सेवा गर्ने पक्षमा छु ऋषिजी ।

तपार्इँ तानातानमा पर्नुभएको छ ? तपाईँले जतिसुकै झुटो कुरा गरेपनि तपाईँको कुरा बाहिर आईसक्यो ?

राजनीतिदेखि हरेक कुरामा मेरो स्पष्ट भीजन छ । म योजनाका साथ अगाडि बढ्ने मान्छे । म कसैको लोभलालचमा बस्ने कसैले केही गरिदिन्छन् कि भन्ने मान्छे होईन । मलाई त्यसमा मोह पनि छैन ।

महेश वस्नेत र तपाईँको विचमा भएको कुरा के हो ? बताउनुहास् न त अब ?

होईन महेशजीको र मेरो बीचमा केही कुरा भएकै छैन ।

होईन दिउँसै रात पार्ने काम नगर्नुहोस् न तपाई ?

महेश बस्नेत र मेरोबीचमा कुरा भएकै छैन । अचेल मिडियाले के लेखिदिन्छ थाहानै हुँदैन । भेटौँ भन्दाखेरि ल भेटौँला नि भन्ने कुरा भयो अरू केही पनि भएकै छैन हाम्रो ।

टेलिफोनमा के कुरा भयो बताउनुहोस् न मलाई ?

त्यो पनि मेरो फोन होईन सामान्य गफगाफ भयो ।

फोनमार्फत महेशजीले के भन्नुभएको थियो ?

अरू केही पनि भन्नुभएको छैन् । उहाँले भेटांै भन्नुभएको छ ।

महेश बस्नेतले तपार्इँलाई भेट्नको लागी प्रस्ताव गर्नुभयो ?

उहाँ युवा संघ नेपालको अध्यक्ष हँुदाखेरि म अनुशासन आयोगको अध्यक्ष हुँदा देखिको हाम्रो एउटा सम्बन्ध हो । भेटौं भन्नु त स्वभाविक हो । चिया गफ त गर्न सकिन्छ । त्यो ठुलो कुरा होईन । तर हजुरको म यो समूह त्यो समुह तानातान कुनै समूहमा छैन । मेरो त आफनो भिजन क्लियर छ । तपाईको यो कार्यक्रममा क्लियर कुरा गरेको छु । म क्लियर छु ।

तपाई पैसाको लागि पनि क्लियर हुनुहोला, पदको लागि पनि क्लियर हुनुुहोला, पद र पैसा तपाईँलाई पनि चाहिएको छ ? यही मौकामा छ नि अब चौका हानांै भन्ने लागेको छैन ?

हजुर ।

तपाईले ठ्याक्कै महेश बस्नेतसंग भएको कुरा बताउन चाहानुभएन, होइन ?

उहाँसंग मेरो कुनै कुरा भएको नै छैन । के बताउनुभएको भए बताईदिन्थें । मलाई केही थिएन त्यस्तो ।

तपाईँलाई प्रस्ताव चाहीँ मन्त्री बन्नको लागि गर्नुभयो होईन ?

होईन । मलाई मन्त्री बन्नुनै छैन । म त त्यो क्याटेगोरीमा पर्दै पर्दैन होला सायद ।

तपाईँ केपी शर्मा ओलीसंग जाने सम्भावना कति प्रतिशत छ ?

म जाँदैन् । संसद्लाई असंवैधानिक रूपमा विघटन गर्नेसंग मेरो सम्झौता हुँदैन ।

तर तपाईँलाई दबाव छ नि त ?

मलाई कुनै दबाब छैन । मलाई दबाब दिनसक्ने कुनै बहादुर नेपालमा जन्मेकै छैन ।

प्रधानमन्त्री केपी ओलीले दबाब दिएको कसरी बाहिर आएको छ फेरी ?

होईन, दबाब दिनुभएको छैन । प्रधानमन्त्रीज्युसंग मेरो कुरा भएको पनि छैन । योसंग लाग उसंग लाग भन्नुभएको पनि छैन । मेरो भीजन क्लियर छ । मेरो बुवा आँफै राजनीतिक गुरू हो । म बुवासंग सल्लाह गरेरमात्रै अगाडि बढ्ने मान्छे हुँ । मेरो आफ्नो स्वविवेक हँुदाहँुदै पनि बुवासंग एकपटक सल्लाह गर्छु । मेरो बुवा तीन तीन कार्यकाल प्रधानपञ्च भएको बुवाकै आडमा अगाडि बढ्छु । मेरो राजनीतिक गुरू भनेको नै मेरो बुवा हो । अरूले भनेर मैले मान्ने कुरा नै भएन । अन्तिमपल्ट बुवासंग सल्लाह गर्छु ।

पैसाको लागि महादेबको त त्रि–नेत्र हुन्छन भन्छन ? तपाईँहरू त झन नेता पो हो त ?

मलाई त आवश्यकत्ता नै छैन । मलाई त घरपरिवारबाट धेरै सपोर्ट छ । मलाई मेरो घरबाट जति सपोर्ट छ, त्यति त नेपालको राजनीति गर्ने सय जनाभन्दा बढिमा छैन होला । मलाई घरबाट कुनै चिजको कमी हुन दिनुभएको छैन ।

त्यसो भए तपाईँसंग पैसा प्रश्स्त छ ?

मसंग पैसा प्रसस्तै छैन । म एउटा गरिखाने मान्छे हँु । म आँफै गरेर खान सक्छु । व्यापार गरेर दुई÷चार लाख जताबाट पनि कमाउन सकिन्छ । त्यसकारण मलाई कसैको पैसाप्रति लोभलालच र मोह नै छनै ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्