Logo

गोंगबु हत्या काण्डः मुडभरीलाई आजीवन जेल



काठमाडौं, फागुन २० । गोंगबुमा एक पुरुषलाई आफ्नो कोठामा डाकेर क्रूरतापूर्वक हत्या गरेको अभियोगमा मुद्दा चलाइएकी चितवनकी कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको फैसला भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार उक्त ठहर गरेको हो । टोखा नगरपालिका–१० गोंगबु स्वर्गद्वारी टोलमा साउन २५ गते दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा ३७ वर्षीया मुडभरी र उनकी छोरीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । अदालतले मुडभरीकी नाबालिका छोरीलाई भने निर्दोष ठहर गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धानअनुरूप मुलुकी अपराध संहिता २०७४ कोे दफा १७७ (२) बमोजिम जघन्य अपराध रहेको दाबीसहित मुडभरीलाई आजीवन कारावासको मागसहित मुद्दा दायर भएको थियो । उनकी छोरीलाई भने हत्या प्रकरणमा मतियारको आरोप थियो । अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्