Logo

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)



काठमाडौं, २० फागुन । सरकार र नेत्रविक्रम चन्द विप्वल समूहबीच सहमति भएको छ । आज दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्ग प्रसाद विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

सहमतिको विस्तृत विवरण भोलि फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाईएको छ । र, समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्