Logo

‘म नेकपाको अन्नपूर्ण हिमाल हुँ, केपी ओलीसँग हिरा चिन्ने क्षमता छ’ : कोमल वली (भिडिओसहित)



काठमाडौं, २० फागुन । नेकपा ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले आफूले पार्टीमा ठूलो योगदान पुर्याएकोले अवसर पाएको सुनाएकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्,‘नेपाल कम्युनिष्ट पार्टीको म हिमाल हुँ, पहाड हुँ । अन्नपूर्ण हिमाल हुँ, मेरो उचाई देखेर नेपाल कम्युनिष्ट पार्टीमा मेरो अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमा आमन्त्रण गर्नुभएको हो । म दाबी गर्छु, म यो पार्टीको एउटा ईमानदार कार्यकर्ता हुँ । विकासको नेतृत्व केपी ओलीले गर्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्