Logo

जुम्ली मार्सी चामल क्यानडा निर्यातको अन्तिम तयारी



खलङ्गा, २० फागुन । बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । पन्ध्र टन मार्सी, चार टन सिमी तथा एक टन हरियो केराउ र कोदो गरेर क्यानडामा माग भएको सञ्चालक शाहीले बताए । क्यानडास्थित लायम फुड कर्पोरेशनका डा पूर्ण कँडेलका समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ ।

ती सामानमा ‘कर्णाली सुपरफुड’ प्रतीक चिह्न हुने सुपरफुडले जनाएको छ । अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उनले बताए । “जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्”, उनले भने, “क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।”

काठमाडौँको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अग्र्यानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, आयुर्वेदिक चिया , चिनो, कागुनो र टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्