Logo

ने.क.पा (माओवादी केन्द्र) को राजनीतिक परिषद् बैठकको निर्णय सार्वजनिक (विज्ञप्ती र भिडिओसहित)



ओली सरकारको जनविरोधी शैली संसदीय फोहोरी खेल भएको ठहर 
जनपक्षीय, सर्वदलीयय र सर्वपक्षीय संयुक्त सरकारको नारा नेपाली जनताको नेतृत्वदायी एजेण्डा बन्न सफल
चैत्र २१ गते विशाल आमसभासहित काठमाडौंमा संयुक्त क्रान्तिकारी जनपरिषदको घोषणासभा गर्ने

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले फागुन १८ र १९ गते बसेको राजनीतिक परिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मलेन गरेर पार्टीले निर्णयहरु सार्वजनिक गरेको हो ।

पत्रकार सम्मलेनमा बोल्दै पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले वर्तमान परिस्थिति र नेकपा माओवादी केन्द्रको भुमिका विषयक प्रस्ताव सुझावसहित बैठकले पारित गरेको बताए । उनले भने,‘वर्तमान नेपाली राजनितिमा संसदवादी पार्टीहरुका अझ केपी ओली सरकारको जनविरोधी शैली संसदीय फोहोरी खेल भएको छ ।’
उनले संसद पुनःस्थापना भएपनि वर्तमान संकटको समाधान गर्ने संसदवादी दलहरुको क्षमतामा ह्रास आएको आरोप लगाए । बुढाथोकीले दलहरुको असक्षमतालाई नै मध्येनजर गर्दै पार्टीले राजनितिक जन–परामर्श सम्मेलन जनपक्षिय सर्वदलिय सर्वपक्षिय संयुक्त सरकारको नारा नेपाली जनताको नेतृत्वदायी ऐजेन्डा बन्न सफल भएको जिकिर गरे ।

आगामी चैत्र २१ गते विशाल आमसभासहित काठमाडौंमा संयुक्त क्रान्तिकारी जनपरिषदको घोषणासभा सम्पन्न गर्ने विज्ञप्तिमा भनिएको छ । त्यसको लागि पार्टी अध्यक्ष कर्णजित बुढाथोकीको नेतृत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ । पार्टीका महासचिव मेघबहादुर खत्रीको संयोवत्वमा आर्थिक विभाग गठन गरेको उल्लेख गरिएको छ ।

यसको साथै अखिल नेपाल जेष्ठ नागरिक संघ क्रान्तिकारी गठन भएको र जेष्ठ नागरिकलाई वर्षको एकदिन परिवार सरकारबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको पनि जनाईएकोछ ।  सरकार र नेकपा विप्लवबीच भइरहेको वार्ताप्रति नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको छ । यो वार्ताको वातावरण बनाउने सन्दर्भमा हाम्रो पार्टीको सकारात्मक पहल सफल भएको र वार्ता देश, जनता र वर्गप्रति जवाफदेही हुँदै परिणाममुखी बन्न सफलता मिलोस भन्ने अपेक्षा गरिएको छ ।

साथै, पार्टीले अगाडि सारेको राजनीतिक जन–परामर्श सम्मेलन, जनपक्षीय सर्वदलीय सर्वपक्षीय राष्ट्रिय सरकारको एजेण्डामा गोलबद्ध हुन सबै राजनीतिक दल, नागरिक समाज एक हुन आव्हान गर्ने निर्णय भएको पार्टीका महासचिव नरेश शाही र अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मितिः २०७७।११।२०

प्रेस विज्ञप्ति

पत्रकार मित्रहरु
ने.क.पा. (माओवादी केन्द) को २०७७ फागुन १८ र १९ गते बसेको राजनीतिक परिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ ।

१) १० वर्षे महान जनयुद्ध, १९ दिने जनआन्दोलनका महान ज्ञात अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरियो ।

२) पार्टी अध्यक्ष क. कर्णजित बुढाथोकी सुशिलद्वारा प्रस्तुत वर्तमान परिस्थिति र नेकपा माओवादी केन्द्रको भूमिका विषयक प्रस्ताव सुझावसहित एकमतले पारित गरियो । उक्त प्रस्तावमा ने.क.पा माओवादी केन्द्रले अगाडि सारेको जनविद्रोह मार्फत बैज्ञानिक समाजवादमा पुग्ने रणनीति व्यवहारिक र सैद्धान्तिक दुबै हिसाबले आवश्यक र अनिवार्य बन्दै गएको, वर्तमान नेपाली राजनीतिमा संसदवादी पार्टीहरुका अझ विशेष केपी ओली सरकारको जनविरोधी शैली संसदीय फोहोरी खेल, संविधान कानूनलाई कुल्चने संविधान विरोधी कृयाकलापको कारण देशमा चरम संकट सिर्जना भएको, संसद पुनस्र्थापना भए पनि वर्तमान संकटको समाधान गर्ने संसदवादी दलहरुको क्षमता ह्रास भएको कुरालाई मध्यनजर गर्दै हाम्रो पार्टीले लिएको कार्यनीतिक नारा ‘राजनीतिक जन–परामर्श सम्मेलन’ जनपक्षीय सर्वदलीय सर्वपक्षीय संयुक्त सरकारको नारा नेपाली जनताको नेतृत्वदायी एजेण्डा बन्न सफल भएको बैठकले निष्कर्ष गरेको छ ।

३) सम्पूर्ण प्रदेश, ज.ब.स. प्रमुख, जातीय क्षेत्रीय मोर्चा र विभाग प्रमुखबाट रिर्पोटिङ गर्ने काम सम्पन्न भयो । देशव्यापी रुपमा २ महिनामै व्यापक संगठन विस्तार भएको, ¥यालीसहित विभिन्न कोणसभा सम्पन्न भएको, पार्टीले लिएको रणनीति र कार्यनीति व्यापक रुपमा स्थापित हुँदै गएको, जनयुद्ध दिवस भव्य रुपले सम्पन्न भएको, रिर्पोटिङले आगामी थप नयाँ कार्ययोजना बन्ने आधार बन्न पुगेको देखिन्छ ।

४) यही चैत २१ गते विशाल आमसभासहित काठमाडौंमा संयुक्त क्रान्तिकारी जनपरिषद्को घोषणासभा सम्पन्न गर्ने निर्णय भयो । जसमा पार्टी अध्यक्ष कर्णजित बुढाथोकीको नेतृत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गर्ने निर्णय भयो । जसमा संयोजक पार्टीक अध्यक्ष क. कर्णजित बुढाथोकी ‘सुशील’ ।
सदस्यहरुमा, तिलक थापा मगर, रंगनाथ ढकाल, नरेश शाही, बलाराम पुन, मेघबहादुर खत्र्री, सिंहराज वि.क., अरुण घिसिङ, शिवसुन्दर राई, सुमन श्रेष्ठ, धनकुमारी मगर, धर्मराज विडवाल, टि.पी. गौतम, नारायण थापा, मनराज भुजेल, भोजराज त्रिपाठी, लक्ष्मण कार्की, भक्तकुमारी भुजेल, कुमार याक्खा राई, आनन्दराम फुयाँल, आशाकुमारी सञ्ज्याल, राजन घिमिरे, छविलाल वाइबा, कृष्ण खड्का, रंगमल रोकाया, जनक कामी, रामप्रसाद मैनाली, जुरीलाल मोची, सुशीलनाथ योगी, स्मृति रिजाल, कलावति चौधरी, कृष्ण बोहरा, धु्रव सञ्ज्याल, कपिल सिजापति, सुकईलाल बर्मा, ज्ञानुबहादुर बम, भानुभक्त कोइराला, भागीराम चौधरी, दुर्गा अधिकारी, बुद्धिविलास पराजुली, मिनबहादुर खत्री, मिनबहादुर चेपाङ, पासाङ तामाङ, मिना चन्द, प्रकाशचन्द्र तिवारी, सूरेलाल बम, सूर्य के.सी., बिमला घिमिरे, प्रमोद पोखरेल, लोकमान मन्सुरी, राजकुमारी बिक, शिव थापा, योगेश राल्फाली, रमेश थपलिया, नक्कल अजय, नवराज वस्ताकोटी, लक्ष्मी बैजु, रोहन लामा, रामबहादुर तामाङ, विक्रम सोराली मगर, विजय सिंह लामा, रविन तामाङ, गुञ्जमान तामाङ, जेनिशा लामा, धनमाया तितुङ लामा, प्रेमबहादुर घताने, कृष्ण थापा, बाबुलाल पासवान, जयबहादुर सिंह, सुन्दरा थारु, टिमोटी चौधरी, जीवन लुवार, अशोक मुखिया, पुजन कार्की, हरि भण्डारी, देशकुमार राई, आनन्द कोइराला, योगेन्द्र ऋषिदेव, नेत्रविक्रम श्रेष्ठ, दौरा थारु, मंगु थारु, कमला धामी, गणेश बहादुर गोतामे, लेखनाथ पौडेल, ज्ञानु बम, राजन वि.क., ऐन बहादुर बोगटी, सनेशनाथ योगी, कलावती चौधरी, कमला जैसी, मदनराज शाही, लक्ष्मी कसेरा, किस्मता शाही, भानुभक्त बि.क., विजयी केसी, ताज परियार, महेन्द्र बहादुर शाही, मानबहादुर शाही, पदमबहादुर शाही, सुरेन्द्र शाही, काशी चन्द्र रोकाया, निर्मला बुढा, रज्जवाली बेहना, लुराली खान, शरम सिद्धिकी, राजेन्द्र गोडिया, शालिकराम पाठक, अरविन्द बर्मा, लक्ष्मण पाण्डे, ज्ञानुमाया शाही, निर्मल रोकाया, नरेन्द्र बुढाथोकी, टेकमल दर्जी, हिक्कमत बस्याल, मिना शाही, हस्तबहादुर नेपाली, टिकाराम जैसी, जंगबहादुर देउवा, खगेन्द्र बहादुर रावत, दिपक रावल, शोभा आचार्य, इलावती चौधरी, सुमन तिवारी, राजु वालमिकी लगायत रहेका छन् ।

समाजवादी संविधान मस्यौदा समिति पार्टीका वरिष्ठ नेता क. तिलक थापा मगरको संयोजकत्वमा २१ सदस्यीय गठन गरिएको छ । जसमा सदस्यहरुः क. रंगनाथ ढकाल, क. नरेश शाही, क. बलाराम पुन, क. मेघबहादुर खत्री, क. सिंह राज बि.क., क. अरुण घिसिङ, क. शिवसुन्दर शाही, क. सुमन श्रेष्ठ, क. धनकुमारी मगर, क. नारायण थापा, क. भक्त कुमारी भुजेल, क. कलावती चौधरी, क. जनक कामी, क. कपिल सिजापति, क. राजकुमार वि.क., क. भागीराम चौधरी, क. योगेश राल्फाली, क. टिकाराम जैशी, क.जंगबहादुर देउवा, क. जगत प्रसाद अधिकारी, क. शोभ आचार्य रहेका छन् । त्यसैगरी क्रान्तिकारी जनपरिषद्मा क. कुमार याक्खा राई रहने निर्णय गरियो ।
आर्थिक उपसमितिः पार्टीका सचिव कमरेड मेघबहादुर खत्रीको संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको जसमाः पार्टीका सचिव क. अरुण घिसिङ र सातैवटा प्रदेशका प्रदेश अध्यक्ष, जबसका अध्यक्षहरु, क. मनराज भुजेल, क. रामप्रसाद मैनाली, क. कृष्ण बोहरा, क. बुद्धिविलास पराजुली, क. मिना चन्द, क. स्मृति रिजाल, क. बुद्धि बुढा लगायत रहेका छन् ।

प्रचार प्रसार उपसमितिः क्रान्तिकारी जन–परिषद्का महासचिव क. धर्मराज विडवालको संयोजकत्वमा प्रचार प्रसार उप समिति गठन गरियो जसमा सातै प्रदेशको प्रदेश सचिव, सम्पूर्ण जबसको महासचिवहरु रहने छन् ।

जन सम्पर्क उपसमितिः क्रान्तिकारी जन–परिषद्का महासचिव क. धर्मराज विडवालको संयोजकत्वमा क. राजन घिमिरे र क. लक्ष्मण कार्की रहेका छन् ।
अतिथि सत्कार उप समितिः क. भक्तकुमारी भुजेल रहेका छन् ।

आवास तथा यातायात व्यवस्थापन उप समितिः पोलिटब्यूरो सदस्य क. रामप्रसाद मैनालीको संयोजकत्वमा क. राजन घिमिरे र क. मिना चन्द ठकुरी रहेका छन् ।
मञ्च व्यवस्थापन उप समितिः स्थायी समिति सदस्य क. नारायण थापाको संयोजकत्वमा क. कृष्ण खड्का र क. राजकुमार विक रहेका छन् ।
यस कार्यक्रमलाई सफल बनाउन, राजनैतिक दल, शिक्षक, बुद्धिजिवी, मजदुर किसान महिला, विद्यार्थी, पत्रकार व्यवसायी र सचेत नागरिकलाई आर्थिक, नैतिक, भौतिक सहयोगको लागि अपिल गर्ने निर्णय गरिएको छ ।

५) सरकार र नेकपा विप्लव बीच भइरहेको वार्ता प्रति नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको छ । यो वार्ताको वातावरण बनाउने सन्दर्भमा हाम्रो पार्टीको सकारात्मक पहल सफल भएको र वार्ता देश जनता वर्गप्रति जवाफदेही हुँदै परिणाममुखी बन्न सफलता मिलोस भन्ने अपेक्षा गरिएको छ । साथै हाम्रो पार्टीले अगाडि सारेको राजनीतिक जन–परामर्श सम्मेलन, जनपक्षीय सर्वदलीय सर्वपक्षीय राष्ट्रिय सरकारको एजेण्डामा गोलबद्ध हुन सबै राजनीतिक दल, नागरिक समाज एक हुन आव्हान गर्ने निर्णय भएको छ ।

६) माओवादी पार्टी र शक्तिहरुसँग कार्यगत एकता, रणनैतिक मोर्चा हुँदै पार्टी एकता गर्ने र अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसहित बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान अगाडि बढाउने निर्णय गरियो ।

७) राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको सन्दर्भमा जनसंघर्षका कार्यक्रमहरु अगाडि बढाउने निर्णय गरियो ।

८) पार्टीको विभागहरु गठन, पुर्नगठन गरिएको छ । जसमा पार्टीका अध्यक्ष क. कर्णजित बुढाथोकी ‘सुशील’को संयोजकत्वमा विधान तथा प्रतिवेदन लेखन समिति गठन गरिएको छ जसमा पार्टीका वरिष्ठ नेता क. तिलक थापा मगर, उपाध्यक्ष क. रंगनाथ ढकाल, महासचिव क. नरेश शाही, सचिव क. बलराम पुन, सचिव क. मेघबहादुर खत्री, सचिव क. सिंह राज विक. सचिव क. अरुण घिसिङ, क. सुमन श्रेष्ठ, स्थायी समिति सदस्य क. आनन्दराम फुयाँल, स्थायी समिति सदस्य क. नारायण थापा, स्थायी समिति सदस्य क. धनकुमारी मगर र स्थायी समिति सदस्य क. छविलाल वाइबा रहेका छन् र पार्टी कार्यालय सचिवको रुपमा पोलिट्ब्यूरो सदस्य क. कपिल सिजापति रहने निर्णय गरियो ।

९) उत्पादन लेवी श्रम सम्बन्धी महत्वपूर्ण निर्णयहरु सम्पन्न भएका छन् ।

१०) जनपरिषद्को घोषणा सभामा जनवादी सांस्कृतिक कार्यक्रम, देउडा नाच, हुड्के नाच, तामाङ सेलो, भोटेलामा नाच, महिला मार्च, नेपालका ख्यातीप्राप्त कलाकारको प्रस्तुतीको लागि पार्टी सचिव क. अरुण घिसिङको नेतृत्वमा सांस्कृतिक विभाग गठन गर्ने निर्णय गरियो ।

११) पार्टीको राजनीतिक परिषद्को बैठकले महत्वपूर्ण प्रस्तावहरु पास गरेको छ ।
क) जनयुद्धका महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर । ख) पूर्व जनमुक्ति सेनालाई गणतान्त्रिक भत्ता र निःशुल्क उपचारको व्यवस्था गर । ग) सुकुम्बासी समुदायको नाममा गरिने ज्यादती अन्त्य गर । महँगी नियन्त्रण गर । घ) कोरोना भाइरसविरुद्धको खोप निःशुल्क व्यवस्था गर । ङ) महिला हिंसा र बलात्कारीलाई कारवाही गर । च) जातीय छुवाछुतको अन्त्य गर । छ) एमसीसी खारेज गर । ज) अतिक्रमित भुमि फिर्ता गर । झ) १८१६ को असमान सन्धी खारेज गर ।
१२) अखिल नेपाल जेष्ठ नागरिक संघ क्रान्तिकारी गठन गर्ने निर्णय गरियो । यस संघले जेष्ठ नागरिकको निःशुल्क भोजनको व्यवस्था, स्वास्थ्य उपचार, बर्षको १ दिन परिवार र सरकारबाट अभिनन्दन कार्यक्रम, नयाँ पुस्तामा सिप र अनुभव पुस्तान्तरण कार्यक्रम, जेष्ठ नागरिक सुरक्षा कार्यक्रम, जेष्ठ नागरिक आवास कार्यक्रम जेष्ठ नागरिक स्वयम्सेवा अभियान लगायत एजेण्डा अगाडि बढाउने निर्णय गरियो ।
अन्त्यमा, उत्पीडित वर्ग, क्षेत्र, जाती, लिङ्ग समुदायको मुक्तिका लागि अनवरत संघर्षरत पार्टी नेकपा (माओवादी केन्द्र) जनयुद्धको बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेको र देशभक्त बामपन्थी प्रगतिशील मोर्चा निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने अठोट गर्दछ ।
क्रान्तिकारी अभिवाद सहित ।

क. कर्णजित बुढाथोकी ‘सुशील’

अध्यक्ष

क. नरेश शाही

महासचिव

नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति

 



प्रतिक्रिया दिनुहोस्