Logo

हातहतियार सहित पक्राउ



काठमाडौं, २० फागुन । अवैध हातहतियार सहित पक्राउ एकजना बुधबार पक्राउ परेका छन् । स्याङजाको आँधीखोला गाउँपालिका-२ बसेबारी बस्ने ४१ वर्षीय दिपक बिकलाई अवैध भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ३ सय थान बेरिङ, बारुद बनाउन प्रयोग हुने ६ सय ९० ग्राम सोडा, ६० ग्राम बारुद र १ सय ९५ थान सिसाको टुक्राहरु सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिकको घरमा अवैध भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले बिकको घर तलासी गर्दा लुकाईछिपाई राखेको उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्