Logo

संसद् बैठक नजिकिँदै गर्दा नेकपा दुवै समूहका नेताहरु छलफलमा, सिंहदरबारमा भुषाल र पोखरेलबीच ४५ मिनेट भेटवार्ता



काठमाडौं, २० फागुन । यही फागुन २३ गते संसद्को बैठक बस्दैछ । तर, संसद् बैठक बस्नुअघि सबै पार्टीका नेताहरुको सक्रियता बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा कांग्रेस जुटेको छ । त्यसको लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा छलफलसमेत गरेको बुझिएको छ।

उनले नेकपा दाहाल नेपाल समूह र जसपासँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजानबारे सहमति भएको कुरा आफूनिकट नेताहरुसँग बताउने गरेका छन् । यो थाहा पाएपछि नेकपाका दुवै समूहका दोस्रो तहका नेताहरु भने यतिवेला पार्टी एकता जोगाउनुपर्ने अभियानमा लागेका छन् । यसअघि दाहाल नेपाल समूहका नेता जनार्दन शर्माले एकताको लागि पहल गर्नुपर्ने धारणा राखेका थिए ।

आजमात्रै दाहाल नेपाल समूहका नेता घनश्याम भुषालले ओली समूहका नेता शंकर पोखरेलसँग सिंहदरबारस्थित् दलको कार्यालयमा एक्लाएक्लै भेटवार्ता गरेका छन् । उनीहरुबीच करिब ४५ मिनेट कुराकानी भएको बुझिएको छ । दुवै नेताले एकता सम्भव रहेको कुरा गरेका थिए । र, त्यसको लागि दुवै पक्षबाट ईमानदार प्रयास हुनुपर्ने धारणा राखेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्