Logo

संसदलाई प्रचण्डको पत्रः नेकपाको नाममा ओलीको कामकारबाही अनाधिकृत



काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका कामकारबाही मान्य नहुने भन्दै संसदलाई पत्र लेखेका छन् । उनले १७ फागुनमा पठाएको जानकारी पत्रमा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनैपनि कामकारबाही अनाधिकृत हुने समेत उल्लेख गरेका छन् ।

प्रचण्डले पत्रको बुँदा नम्बर ४ मा भनेका छन्, ‘नेकपा तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनैपनि कामकारबाही अनाधिकृत भई मान्य नुहने कुराको जानकारी गराउँछु ।’

प्रचण्डले संसदीय दलको विधान विपरित संघीय संसदीय दलका सदस्यलाई कारबाही गरिने भनी गरिएको पत्राचारलाई अस्वीकार गरेको उल्लेख गर्दै ओलीलाई पार्टी सदस्यताबाट समेत निष्काशित गरेको निर्णयबारे समेत जानकारी गराएका छन् । उनले निर्वाचन आयोगलाई समेत पत्र पठाइसकिएको खुलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्