Logo

फिल्म ‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजी



काठमाडौं, २० फागुन । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि कलाकारको खोजी गरिएको छ । बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस फिल्मका लागि मुख्य एक जना नायक र दुई जना अभिनेत्री लगायत अन्य चरित्र अभिनेता अभिनेत्रीको पनि अडिसन हुने बताइएको छ ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता भने अनन्तमान श्रेष्ठ हुन् । निर्माण पक्षले अडिसनबाट नै चलचित्रका नायक, नायिका चयन गर्ने बताएको छ ।  यस चलचित्रको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहिबार हुने निर्माण टिमले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्